गुल्मीमा २९५ जना एचआईभी एडस संक्रमित



गुल्मीमा १४ वर्षमुनिका २० जनासहित २ सय ९५ जनामा एचआईभी एड्स देखिएको छ । आर्थिक वर्ष २०७६/७७ को असार मसान्तसम्म १४ वर्षमुनिका २० जना बालबालिका सहित २९५ जनामा एचआईभी पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

हाल जिल्ला अस्पताल गुल्मीबाट छिमेकी जिल्ला अर्घाखाँचीका दश जनासहित १ सय ६८ जनाले औषधी उपचार लिइरहेको अस्पतालका एचआईभी एड्स शाखाका प्रमुख पुस्कर घिमिरेले जनाकारी दिए ।

जिल्लामा संक्रमितमध्ये पुरुषको भन्दा महिलाको संख्या बढी रहेको छ । ९१ जना महिला रहेका छन् भने ५७ जना पुरुष रहेका छन् । त्यस्तै, २० जना बालबालिकामध्ये १२ जना बालक र ८ जना बालिका रहेका छन् । २ सय ९५ जना संक्रमित मध्ये २२ जनाको मृत्यु भएको छ भने ३६ जनाले गुल्मीबाट सेवा सुविधा लिन छाडेका छन् ।

२९५ जना एचआईभी एडस संक्रमितमध्ये जिल्लाको सत्यवती गाउँपालिकामा सबैभन्दा धेरै ५२ जना संक्रमित रहेका छन् । कालीगण्डकी गाउँपालिका सबैभन्दा थोरै एक जना रहेका छन् ।

त्यस्तै मुसिकोट नगरपालिकामा ३६, रेसुङ्गा नगपालिकामा ३१ जना संक्रमित रहेका छन् । गुल्मीदरबार गाउँपालिकामा १६, छत्रकोट गाउँपालिकामा ४१, मदाने गाउँपालिकामा १२, रुरुक्षेत्र गाउँपालिकामा ३४, चन्द्रकोट गाउँपालिकामा १८, इस्मा गाउँपालिकामा १५, मालिका गाउँपालिकामा १४ र धुर्कोट गाउँपालिकामा २५ जना रहेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्