समानुपातिकको मतगणना सकिदै, कांग्रेस–एमाले हाराहारी



सैघाली खबर
काठमाडौं, २ पुस

समानुपातिक निर्वाचन प्रणाली तर्फको मतगणना लगभग सकिएकोे छ । निर्वाचन आयोगका अनुसार सर्लाहीको केही मत गन्ने काम बाँकी रहेको छ । निर्वाचन आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट आज बिहान ७ बजे प्राप्त  जानकारी अनुसार, नेकपाएमाले ३१ लाख ६१ हजार २ सय ९५, नेपाली काँग्रेस ३१ लाख ११हजार ६ सय ४३, माओवादी केन्द्र १२ लाख ९५ हजार ९ सय ३, राष्ट्रिय जनता पार्टी नेपाल चार लाख ७० हजार ४ सय ८६ र संघीय समाज वादी फोरमले नेपाल चार लाख ६९ हजार ४ सय ६१ मत प्राप्त गरेको छ ।

विवेकशील साझा पार्टीले दुई लाख १२ हजार २ सय ९३ र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख ९६ हजार १ सय ९० मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार सर्लाहीको एक निर्वाचन क्षेत्रको मतगणना जारी रहेको छ ।

समानुपातिक निर्वाचन प्रणाली तर्फ प्रतिनिधि सभामा ४९ राजनीतिक दलले भाग लिएकामा सबै भन्दा कम मत हाम्रो पार्टीले हाल सम्म ४ सय २६ मत प्राप्त गरेको छ ।

दुई चरणमा भएको प्रतिनिधिसभा र प्रदेसभा सदस्य निर्वाचनमा करिब एक करोड पाँचलाखको हाराहारीमामतदानभएको थियो । उक्तनिर्वाचनमाप्रत्यक्षतर्फको निर्वाचनको मत परिणाम भने केही दिन अघि नै सार्वजनिक भइसकेको छ । प्रतिनिधिसभामा समानुपातिक तर्फको कुल १ सय १० सिटमा एमालेले ४१, कांग्रेसले ४०, माओवादी केन्द्रले १७, संघीय समाजवादी फोरम नेपालले ६ र राष्ट्रिय जनता पार्टीले ६ सिट पाउने सम्भावना देखिएको छ ।

यी पाँच पार्टीले मात्रै कुल सदर मतको ३ प्रतिशत कटाएकाले कानुन अनुसार तीदलले मात्रै समानुपातिक बाट सिट पाउनेछन् । ३ प्रतिशत भन्दा कम ल्याएका दलहरूको मत समानुपातिक सिटका लागि गणना हुनेछैन । समानुपातिक निर्वाचन प्रणालीबाट ४९ दलले चुनावी प्रतिस्पर्धा गरेका थिए । ४४ दलले ३ प्रतिशत भन्दा कम मत पाएका छन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्