समानुपातिकको अन्तिम मत परिणाम पछि सरकार गठन प्रक्रियामा अघि बढ्ने



सैघाली खबर
काठमाडौं, २ पुस

नेकपा एमालेका उपाध्यक्ष भिम रावलले समानुपातिकको अन्तिम मत परिणाम आइसके पछि सरकार गठन प्रक्रियामा अघि बढ्ने बताउनुभएको छ ।   एमाले र माओवादी केन्द्रका बिचमा छलफल गरेर सरकार गठन प्रक्रियामा अघि बढ्ने बताउनुभयो ।

उपाध्यक्ष रावलले दुई पार्टी बिचमा कसरी अघि बढ्ने भन्ने बाटो तय भइसके पछि मात्र अरु पार्टी र पक्षसँग सहकार्य गरेर अघि बढ्ने बताउनुभयो ।

एमाले र माओवादी केन्द्र एउटै पार्टी निर्माण गर्ने उद्देश्यका साथ अघि बढेकाले राष्ट्रपति, उपराष्ट्रपति र सभामुख बाँडफाँडको बिषयमा दुई पार्टी बिचको निष्कर्ष पछि निक्र्याैल हुने बताउनुभयो ।

यस्तै पार्टी र सरकारको भूमिका पनि दुई पार्टीका प्रमुख मध्ये कसलाई दिने भन्नेबारे अहिले केही छलफल नभएको उहाँको भनाई छ । यस्तै प्रदेश सभामा पनि सहमतिका साथ अघि बढ्ने बताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्