आज पनि घट्यो सुनको मूल्य



काठमाडौं / ०१ भदौ
सुनको भाउ आज पनि घटेको छ। आज सुन प्रतितोला २ सय रुपियाँ र चाँदी प्रतितोला १० रुपियाँ घटेको हो।

हिजो पनि सुन प्रतितोला २ सय रुपियाँ र चाँदी प्रतितोला ३० रुपियाँ घटेको थियो। आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार २ सय रुपैयाँ, तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ७ सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय १५ रुपैयाँ निर्धारण गरिएको नेपाल नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो छापावाल सुन प्रतितोला ९८ हजार ४ सय रुपियाँ, तेजावी सुन प्रतितोला ९७ हजार ९ सय रुपियाँ र चाँदी प्रतितोला १ हजार ३ सय २५ रुपियाँमा कारोबार भएको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्