थारु कलाकारले संस्कृतिक कार्यक्रम गर्ने



सैघाली खबर,

तुलसीपुर २ पुस ।

राप्ती गाउपालिका ३ मा माघी मिलान तथा संस्कृतिक कार्यक्रम हुने भएको छ । थारु कलाकार संघ दाङको आयोजनामा कार्यक्रम हुन लागेको हो । संघका अध्यक्ष अध्यक्ष शालिकराम चौधरीको अध्यक्षतामा शनिबार बसेको बैठकले पुस २७ गते कार्यक्रम गर्ने निर्णय गरेको हो । कार्यक्रमको तयारी गर्न बिभिन्न उपसमिति पनि गठन गरिएको छ । शनिराम चौधरीको संयोजकत्वमा सास्कृतिक समिति चयन गरेको छ । त्यस्तै राजेन्द्र चौधरीको संयोजकत्वमा आर्थिक समिति चयन गरेको छ । जसको सदस्यहरुमा गौतम चौधरी, राम प्रसाद चौधरी, शंकर चौधरी रहेका छन् । त्यस्तै राम प्रसाद चौधरीको संयोजकत्वमा मन्च ब्यवस्थापन समिति गठन गरिएको छ । जसको सदस्यहरुमा शंकर चौधरी, गौतम चौधरीरहेका छन् । त्यस्तै बिष्णु कुसुमको संयोजकतवमा प्रचारप्रसार समिति गठन गरिएको छ । जसको सदस्यहरुमा शिवहरी चौधरी, गौतम चौधरी, ओम प्रकाश गुप्ता, ममता चौधरी रहेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्