अमृत भट्टराई,पर्वत / ०२ भदौ।
नेपाली काँग्रेस बिहादी गाउँपालिका वडा -२बर्राचौरले स्थानीय धनबहादुर विक लाई आरन मेसिन वितरण गरेको छ ।
नेपाली काँग्रेस पर्वतका जिल्ला सदस्य गोविन्द पाध्या बिहादी गाउँपालिका बर्राचौरका सभापति हरिप्रसाद पराजुली नेपाली काँग्रेस बर्राचौरका सचिव मेख बहादुर कुवर नेपाली काँग्रेस बर्राचौरका पुर्व सभापति हरिप्रसाद पराजुली लगायतका नेताहरूले बर्राचौरको कुवारी टोल नजिकै रहेको आरन बस्तीका धनबहादुर बिकलाई आरन मेसिन वितरण गरेका हुन् ।
नेपाल विद्यार्थी संघ बिहादीका सभापति हिमलाल गिरी ( पारस ) समेत सहभागी भएका थिए।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।