माेबाईल संघद्वारा-मुटु राेगिलाई सहयाेग



पवन पाेख्रेल

२ भदाै २०७७
लमही १ नर्ती
विगत एक बर्षदेखि उपचारार्थ मुटुराेग पिडित दाङकाे लमही नगरपालिका वडा नम्बर १ नर्ती निवासी कलश चाैधरी (माेतिलाल) लाई देउखुरी माेबाईल व्यवसायी संघकाे टिमद्वारा सहयाेग रकम हस्तान्तरण गरिएको छ ।

मुटुराेग पिडित लमही १ नर्ती निवासी छबिलाल चाैधरीका छाेरा अन्दाजी ३८ बर्षका माेतिलाल भनेर चिनिने कलश चाैधरी हुन् ।उनकाे परिवारमा छाेरा छाेरी र श्रीमती गरि ४ जनाकाे विपन्न परिवार छ । मुटु राेगी भैरहवामा रहेकाे गाैतम बुद्ध सामुदायिक मुटु अस्पतालमा उपचार गर्दै अाईरहेका छन् ।

संघका अध्यक्ष भिम प्रसाद भुसाल,वडा अध्यक्ष नुमराज पाैडेल काे सहभागीतामा दश हजार चार सय पच्चीस रूपैया उपचार सहयोग रकम हस्तान्तरण गरिएकाे उक्त कार्यक्रममा संयाेजक राजु कुमाल,संघका कानुनी सल्लाहकार जागेश्वर बसेल लगाएत संघमा अाबद्द व्यवसायीहरूकाे सहभागीता रहेको थियाे । स्थानीय युवा व्यवसायी नारायण चाैधरीकाे पहलमा सहयोग हस्तान्तरण गरिएकाेे थियाेे

वडा अध्यक्ष पाैडेलको अनुसार पिडितकाे परिवार ज्याला मजदुरीमा काम गर्दै अाएकाे थियाे लकडाउन लम्बिदै गएपछि परिवारमा अार्थिक समस्या पनि थपिदै गएकाे अवस्थामा मुटुराेगीकाे जिवनरक्षाकाे लागि देउखुरी माेबाईल व्यवसायी संघकाे सहयोगकाे उच्च प्रशंसा गर्नुभएको छ । साथै अागामी दिनहरूमा वडाले पिडितकाे सहयोगका लागि नगरपालिकामा पहल गर्ने प्रतिवद्दता जनाउनु भएकाे छ ।

कोभिड–१९ लाई मध्यनजर गर्दै पिडित परिवारकाे अागनमा सामाजिक दुरीकाे साथ गरिएको कार्यक्रमकाे सहजीकरण संघका महासचिव राजु गिरीले गर्नुभएको थियाे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्