मोटोपन हुने कोरोना संक्रमितलाई झनै खतरा



काठमाडौं / ०२ भदौ।
बढी मोटोपनले मानिसको स्वास्थ्यलाई सधैं जोखिममा राख्छ । कोभिड–१९ उपचारमा संलग्न नेपाली चिकित्सकले मोटोपन बढी वजन भएका संक्रमितलाई निको हुन गाह्रो हुने भएकाले त्यसलाई कम गर्न ध्यान दिनुपर्ने सुझाएका छन् ।

विशेषगरी लकडाउनका बेला व्यायामको कमी र घरमै बसेर खाना खाइरहँदा मोटोपन झन् बढेको तर्क उनीहरूको छ । नेपालमा हालसम्म कोरोना संक्रमित र यसबाट मृत्यु भइसकेकामा मोटोपनको असरबारे प्रामाणिक अध्ययन भने भएको छैन ।

अत्यधिक संक्रमित युवा र आप्रवासी कामदार भएकाले मोटोपनको समस्या नदेखिए पनि महामारी समुदायमा फैलँदा यो समस्या ठूलो हुदैँ जाने देखिएको छ ।

सन् २०१९ मा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले प्रकाशन गरेको ‘नसर्ने रोगको जनसंख्यागत व्याप्ति’ नामक एक अध्ययन प्रतिवेदनअनुसार नेपालमा २३।५ प्रतिशत जनसंख्यामा अधिक तौल अर्थात् ‘ओभरवेट’ छ भने अधिक मोटोपन अर्थात् ‘ओबेसेटी’ रहेको जनसंख्या ७।२ प्रतिशत छ । नागरिक दैनिकबाट साभार

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्