काठमाडौं / ०२ भदौ।
कलाकार दमन रुपाखेती १४ वर्षपछि ‘मेरी बास्सै’ फर्किएका छन् । उनको यो शृङ्खलामा निर्देशक तथा कलाकारको रुपमा पुनरागमन भएको हो ।
नेपाल टेलिभिजनबाट प्रसार हुँदै आएको ‘मेरी बस्सै’ उनले नै सुरुवात गरेका थिए । ८० भाग निर्देशन गरेर शृङ्खलाबाट बाहिरिएका उनी त्यतिबेला ‘घर ज्वाइँ’को चरित्रमा देखिन्थे ।
दर्शकका लागि अझ रमाइलो ‘मेरी बास्सै’ दिने उद्देश्यले श्रृखलामा फर्किएको निर्देशक दमन बताउँछन् ।
पुरानै शैलीमा उत्कृष्ट शृङ्खला पस्कनेउनको भनाइ छ । दमनको निर्देशन रहेको शृङ्खला आज साँझबाट प्रशारण हुनेछ ।
१४ वर्षको उमेरमै कलाकारिता सुरु गरेका दमन करिब तीन दशकदेखि कलाकारितामै छन् । दिनेश डिसीद्वारा निर्देशित कार्यक्रम ‘ट्वाक्क टुक्क’ मार्फत पहिलो पटक दर्शकमाझ देखिएका दमनले केही रेडियो नाटक, थुप्रै टेलिशृङ्खलामा अभिनय गरिसकेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।