Banner First

१५५ रुपैयाँ लिएर काठमाडौं प्रवेश गरेका गायक शिव हमाल भन्छन : म सडकबाट उठेको मान्छे हूँ (भिडियो)

By Thah Online

August 18, 2020

काठमाडौं / ०२ भदौ। शिव हमाल लोक संगीतका लागि नै जन्मिएका कलाकार हुन भन्ने सबैलाई लाग्छ । हुन पनी उनका सिर्जनामा रहेका गीतहरुले लोक संगीतको क्षेत्रमा तरङ्ग नै पैदा गर्दछ ।

२०५९ सालमा १५५ रुपैयाँ लिएर काठमाण्डौं प्रवेश गरेका उनि अहिले नेपालमा मात्र नभएर संसारभर रहेका नेपालीका लागि प्रिय छन। काठमाण्डौं आएपछि अनेकौं संघर्ष गरेर पढाइलाई पनी निरन्तरता दिए।

उनले पछ्यौरी लेउ वैना, हाँस्न सिकायौ, सानु कहाँ छौ, झंके फुली, स्वस्थानी, लालुपाते बामरी, धर्म कर्म गरौं कि, बरको डाली, पाँच पाथि धान, आकाशै माथि, हो म पागल हो, हावा चल्यो सरर डाँडैको वर,अचम्मै भयो,लालुमै लगायतका लोक तथा दोहोरी गीतहरु सिर्जना गरिसकेका छन ।

गायक तथा सर्जक शिव हमालसँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ।