आन्तरिक पर्यटकको “रोजाई र गन्तब्य” तेह्रथुमको फेदाप



इन्द्र नेपाली, तेह्रथुम / ०२ भदौ ।
तेह्रथुमको फेदाप गाँउ पालिका पुर्ब पश्चिम मध्यपहाडी लोक मार्ग निर्माण यसै क्षेत्रबाट भए सगै जिल्लामा सडक सञ्जालको पहुँचमा राम्रो नै देखिन्छ।

स्थानिय तहको निर्वाचन पश्चात राष्टिय गौरव योजना मात्रै नभइ म्याङलुङ्ग संग्रान्ति सडक खण्ड अन्तरगत सेर्मा भन्डारी डाँडा सडकको कालो पत्रे निर्माण सुरु,गाँउ पालिका भित्रका पाँच वाटै वडाका ग्रामिण सडक निर्माण,सडकको स्तर उन्नतीलाई गाँउपालिकाले उच्च प्राथमित्तामा राखेर सडक निर्माण गरि रहेको छ।

भौतिक पुर्वधार क्षेत्रको विकास सगै स्थानिय स्तरका धार्मिक ऐतिहासिक,पर्यटकिय क्षेत्राको बिकासलाई जोडिए सगै आर्थिक संमद्धीको महत्वपुर्ण भुमिका खेल्ने देखिन्छ।

गाउँपालिकाको आर्थिक विकासमा पर्यटन व्यवसाय प्रवर्द्धन गर्न पहिलो प्राथमिकतामा राखेर विकास गरिरहेको छ। स्थानीय तहमा रहेका एतिहासिक धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास गरी आम्दानीको पहिलो स्रोत निर्माण गर्न भौतिक पूर्वाधार निर्माणको कार्यमा गाँउपालिका लागेको गाउँपालिकाका उपाध्यक्ष गितादेवी थापाले बताउनु भएको छ। उपाध्यक्ष थापाले गाउँपालिकाले गाउँपालिका भित्र रहेका ५वाटै वडाको धार्मिक एतिहासिक क्षेत्रको संम्भावना खोज र अनुशनधान सगै पर्यटकीय स्थलको पहिचान गरी सिङ्गो गाउँपालिकालाई पर्यटकीय क्षेत्र बनाउने उदेश्यले सात स्थानको डिपिआर निर्माण कार्य सम्पन्न गरि निर्माण समेत थालेको गाउँपालिकाका अध्यक्ष हरि चोङवाङले बताउनु भएको छ ।

निर्माण चरणमा अधुरो रहेका पर्यटकिय क्षेत्रको निर्माण सम्पन्न गर्न यस चालु आर्थिक वर्षमा समेत बजेट विनियोजन गरेको बताउनु भएको छ । जिल्ला भित्रिएका पर्यटकको पहिलो “ रोजाइ र गन्तव्य” फेदाप बनाउन,फेदाप बनाउन गाउँपालिले यस वर्ष सिक्रे पाथिभरा पदमार्ग निर्माण जल्जले सिम्लेको सिमामा रहेको गुल्डुङ्ग डाँडा भ्यु टावर निर्माण सगै गाउँपालिका भित्र रहेका प्राकृतिक, सांस्कृतिक र धार्मिक सम्पदाको संरक्षण गरी पर्यटकीय विकासलाई आर्थिक संमृद्धि पहिलो आधार बनाउने बताउनु भएको छ।

फेदाप भित्र रहेका चिचिलिङ्ग पोखरी, भ्यागुते ढुंगा, चिचिलिङ्ग पोखरी पाथिभरा, गुल्डुङ डाँडा,फेदाप दुई ओयाक्जुङ्गको मझौ गुफा र भैंसे पोखरी,फेदाप एक सिम्लेको माङगेनायक,तागेरा तागेरा निंवाभू माङ् हिम,टाँसी छोईलिङ्ग गुम्वाँ,पोक्लाबाङ्ग गढि गाउँपालिकाको केन्द्र पोक्लाबाङ्ग बजारमै रहेको भगवती मन्दिर, फेदाप तिन जल्जलेको हाक्तिले टकेको ढुंङ्गा,रामनवमी मन्दिर,सिव पाञ्चायन मन्दिर, सिताले टेकेको ढुंङ्गा तिनतले गुफा सम्दु र इसिबुको बिचमा अबस्थित ह्यात्रुङ झरना लगायतको क्षेत्रलाई पर्यटकको रोजाई गन्तव्य बनाउन आफु अहोरात्र खटेको अध्यक्ष चोङवाङ्गले टेलिफोन संम्वादमा बताउनु भएको छ।

फेदाप आफैमा बहुजाति बहुभाषिक बहुसाँस्कृतिक हिसावमा धनि रहे सगै विभिन्न जात जाति र समुदायको आफ्नै संस्कृति, भेषभूषा, खानपान रहनसहन संस्कृति लगायतका विषयलाई समेत पर्यटन प्रवर्द्धनसँग जोडिएको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत भक्त बहादुर भटृराईले बताउनु भएको छ।स्थानीय सरकार गठन सगै ओझेलमा परेका पर्यटकीय स्थलको खोजी गर्दै संरक्षण र बिकासलाई तिब्रता दिएको गाँउ पालिका प्रबक्ता नबिनचन्द्र चोङवाङ्गले बताउनु भएको छ।

दक्षिण एसियाकै अग्लो ३६५ मिटर अग्लो ह्यात्रुङ झरना अहिले फेदापको समृद्धीको पहिलो आधार बनेको छ।बिश्वलाई आक्रान्त बनाएको भाइरसको प्रभाव नगरी दैनिक सयौ नागरिक अहिले ह्यात्रुङ झरनाको चिसो पानिमा घन्टौ रम्ने गरेका छन।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्