विराटनगरका ९६ सहित प्रदेश १ मा १३९ जनामा कोरोना पुष्टि



विराटनगर / ०२ भदौ ।
प्रदेश १ मा आज (मंगलबार) १३९ जना कोरोना संक्रमित थपिएका छन्। दैनिक संक्रमणमा यो अहिलेसम्मकै उच्च संख्या हो।

मोरङमा १०५, झापामा २०, सुनसरीमा ६, संखुवासभामा ३, उदयपुरमा २, पाँचथर र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। संक्रमण देखिएका मध्ये ४२ महिला र ९७ जना पुरुष छन्।

मन्त्रालयका अनुसार विराटनगरमा ९६ जना संक्रमित थपिएका छन्, जसमा ३१ महिला र ६५ पुरुष छन्। बुढीगंगामा २ महिला र ३ पुरुष, सुन्दरहरैचामा १ महिला र १ पुरुष, ग्रामथान र पथरी शनिश्चरेमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ।

उता झापाको दमकमा ७ पुरुष, भद्रपुरमा १ महिला र ५ पुरुष, झापा गाउँपालिकामा २ पुरुष, कनकाईमा १ महिला र झापाको स्थानीय तह नखुलेका ४ जना पुरुष, सुनसरीको इटहरीमा १ महिला र २ पुरुष, धरानमा २ महिला १ पुरुष, संखुवासभाको सभापोखरीका ३ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार उदयपुरको बेलका र त्रियुगामा १–१ पुरुष, पाँचथरको कुम्मायकमा १ महिला र धनुषाका १ महिला र महोत्तरीका १ महिलामा संक्रमण देखिएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार २३२ पुगेको छ ।

प्रदेश १ बाट मंगलबार ३४ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा मोरङका २०, सुनसरीका १२ र झापाका २ जना छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार १३३ पुगेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्