रुपन्देही / ०२ भदौ ।
केही समय अगाडि बुटवल स्थित रहेको कोरोना विशेष अस्थायी अस्पतालका रित्तिएका वेडहरु अहिले वढ्दो कोरोना भाईरस संक्रमणका कारण थपिदै गएका संक्रमितहरुको संख्याले भरिदै गएको पाईएको छ ।
पछिल्लो समय एक्कासी कोरोना भाईरस संक्रमितहरुको संख्या वढ्दै गएकाले अस्पतालमा रहेका ८ वटा शैया वाट सघन उपचार कक्ष आइसियु भरिएपछि केहि शैयाहरु थपिएको छ । हाल उक्त अस्पतालमा रहेका ८ वटा आइसियुमा १० वटा थपेर १८ वटा पु¥याईएको कोरोना विशेष अस्थायी अस्पताल स्रोतले वताएको छ ।
कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा अहिले आइसियु कक्षमा १२ जना बिरामीहरुलाई भर्ना गरिएको छ । उक्त कोरोना अस्पतालको आइसियुमा एक दिनमा २÷३ जना बिरामीहरु थपिने गरेको वताईएको छ । जसले गर्दा सो अस्पतालमा आईसियु कक्षको अभाव हुने संकेत देखिएको छ ।
दिनप्रति दिन तिव्र रुपमा कोरोना भाईरस संक्रमितहरुको संख्या वढ्दै गएकाले आइसियुमा थप बिरामीहरु थपिदै गएकोमा गम्भिर लक्षण देखिएका कोरोना संक्रमितहरुलाई छिट्टै बेड अभाव हुने संकेत देखिएको कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा कोरोना फोकल पर्सन डा–सुर्दशन थापाले वताए ।
कोरोना फोकल पर्सन डा.थापाले हाल १२ वटा शैयामा बिरामीहरु रहेको र अन्य वाँकी ६ वटा खाली रहेको भन्दै उक्त आईसियु वेडले धान्न नसक्ने जिकिर गरे । साथै डा. थापाले भने, ३६ वटा वेडको स्थापना गरी सञ्चालनमा ल्याईएको उक्त कोरोना विशेष अस्पतालको आइसोलेसन वेडहरु पनि कोरोना संक्रमितहरुको संख्याले भरिन थालेको जनाए । हाल आईसोलेसनमा २१ जनाको उपचार भैरहेको सो अस्पतालले जानकारी दिएको छ ।
पछिल्लो समय समुदाय स्तरमा कोरोना संक्रमण तिब्र रुपले फैलिरहेकाले कोरोनाका बिरामीहरुलाई कोरोना अस्पतालको आइसोलेसन र गम्भिर प्रकृतिका विरामीहरुलाई आइसियुमा राख्ने गरिएको वताईएको छ ।
कोरोना विशेष अस्पताल बुटवलमा आइसियु कक्षमा उपचारारत मध्ये सवैभन्दा धेरै बिरामी कपिलवस्तुका रहेको र अन्य रुपन्देही, पाल्पा, पश्चिम नवलपरासी र दाङका रहेका छन् । आइसियुमा रहेकाहरुमा कोरोना भाईरस संग मिल्दोजुल्दो ज्वरो, खोकी र श्वास फेर्न गाह्रो हुने समस्या देखिएको र कसैमा कडा खालको निमोनिया समेत देखा परेको कोरोना फोकल पर्सन डा.थापाले वताए ।
कोरोना संक्रमितहरुलाई राख्नका लागि वैकल्पिक रुपमा प्रदेश–५ मा लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, भीम अस्पताल भैरहवा, कोरोना विशेष अस्पताल (बेलझुण्डी) दाङ र बाँकेको खजुरा अस्पताल रहेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।