काठमाडौं / ०२ भदौ ।
राष्ट्रकवि माधव प्रसाद घिमिरेको मंगलबार निधन भएकाे छ ।
उनको कपुरधारास्थित निवासमै निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ । उनको आज अपरान्ह ५ बजेर ५५ मिनेटमा निधन भएको हो ।
एक सय वर्ष कटिसकेका राष्ट्रकविको कपुरधारास्थित निवासमै निधन भएको हो । उनको केही समययता स्वास्थ्यमा समस्या देखिएको थियो ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।