मनोरञ्जन

विवहा पछि आँचलको व्यस्तता

By Thah Online

August 19, 2020

लाकड़ाउन खुकुलो भए लगत्तै नायिका आँचल शर्मा म्युजिक भिडियोमा ब्यस्त देखिन्छिन।

बिबाहपछि महिलाहरुले आफुमा परिवर्तन आएको महाशुस गरेता पनि नायिका आँचलले आफुमा कुनै पनि परिबर्तन नआएको दाबि गरेकी छिन्। विबहा पछिपानि आफु पुरानै आचल रहेको र आफुमा कुनै परिबर्तन नआएको उनको भनाई छ ।

पहिले पल संगै चलचित्र र म्युजिक भिडियोमा देखापर्ने आँचल अहिले कुनै पनि म्युजिक भिडियोमा पल सँग देखापरेकी छैनन्, नत कुनै निर्माताले नै पल र आचल को जोडीलाई फेरी संगै ल्याउने कोशिष गरेका छन्।

उनले लकडाउन पछि गरेका म्युजिक भिडियोहरु धेरैले रुचाएका पनि थिए । अहिले पल बाहेक आचलको जोडी नाजिर हुसेन संग पनि सुहाएको देखिन्छ।