जाडोले कठ्याङग्रिएर एकको मृत्यु



सैघाली खबर,कपिलवस्तु, पुस २ – कपिलवस्तु शिवराज नगरपालिका चन्द्रौटामा जाडोले कठ्याङग्रिएर एक जनाको ज्यान गएको छ ।

दुई दिनअघिदेखि बढेको अत्याधिक जाडोका कारण चन्द्रौटाको फफुरी कम्पलेक्स अगाडि परिचय नखुलेको एक व्यक्तिको ज्यान गएको हो । दाह्री पालेका अन्दाजी ४५ वर्षय पुरुषको ज्यान गएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । मृतको शव देखेपछि स्थानीय बासिन्दाले प्रहरीमा खबर गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्