चेम्बरको पहलमा पहिलोपटक बजार सरसफाई अभियानको शुभारम्भ



ओमप्रकाश गुप्ता , सिसहनियाँ ३ भदाै । हिन्दु नारीहरूको महानचार्ड हरितालिका तीजको अवसरमा सामाजिक तथा भौतिक दुरी कायम राख्दै सिसहनियाँ देखि पिपरी बजार सरसफाई अभियान शुभारम्भ भएको छ । राप्ती गाउँपालिका चेम्बर अफ कमर्सको पहलमा सिसहनियाँ उद्योग वाणिज्य संघ, प्रहरी चाैकी सिसहनियाँ र शंकर युवा क्लवको सक्रियतामा बुधबार पिपरी बजार क्षेत्र, शिव मन्दिर परिसर र राजमार्ग सरसफाई गरिएको छ । सरसफाईका क्रममा सडकको दाँयाबाँया उम्रेका झाँडी फाड्ने तथा फोहोर बस्तु हटाउने र मन्दिर परिसर सरसफाई गरिएको चेम्बरका अध्यक्ष कुमार अधिकारीले जानकारी दिएका छन् ।

कोभिड-१९ ले विश्वनै आक्रान्त रहेका बेलामा निकै संमेमित रहेर सामाजिक तथा भौतिक दुरी कायम गरेर सजक भई सरसफाई गरिएको पनि अध्यक्ष अधिकारीले जानकारी दिएका छन् । सरसफाई कार्यक्रममा राप्ती गाउँपालिका चेम्बर अफ कमर्सका पदाधिकारी, प्रहरी चाैकी सिसहनियाँका प्रहरी टिम, शंकर युवा क्लवका पदाधिकारी, व्यापारीहरूको सहभागीता रहेको थियो । 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्