भोली तुलसीपुर उद्योग वाणिज्य संघको रजत महोत्सव




शरद रेग्मी
दाङ २ पुस । तुलसीपुर उद्योग वाणिज्य संघले भोेली सोमवार रजत महोत्सव मनाउंदै छ । महोत्सवको संपुर्ण तयारी पुरा भएको संघले आइतवार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन सहित दर्जन भन्दा बढि संचारकर्मीको सहभागिता रहेको थियो ।

पत्रकार सम्मेलनमा संघका अध्यक्ष विरु रावतले रजत महोत्सवलाई भव्य रुपमा संपन्न गराउन संचारकर्मीको भुमिका महतवपूर्ण हुने वताउनुभयो ।
स्थापनाको २५ बर्ष पुगेको अवसरमा संघले साता व्यापी विविध सामाजिक कार्यक्रम गरी महोत्सव मनाउन थालेको हो । तुलसीपुर उद्योग वाणिज्य संघले पछिल्लो रजत महोत्सवमा भयर हित व्यवसायसंगै सामाजिक अभियानमा व्यवसायी भन्ने मुख्य उदेश्यलाइ जनतामाझ लैलान थालेको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विर वहादर रावत ले बताउनुभयो ।

पत्रकार सम्मेलनमा बोल्दै रावतले भने, कर करले होइन रहरले तिर्नुपर्छ, यसमा आम व्यवसायीहरु सकारात्मक छौं उहाँले भन्नुभयो ।

विसं २०७४ कार्तिक २ गतेदेखि निरन्तर सरसफाइ कार्यक्रम तुलसीपुर अन्चल अस्पतालमा सन्चालन गर्दै आएको छ । त्यस अभियानमा रोट्रयाक क्लव अफ तुलसीपुरले पनि निरन्तर सहयोगगर्दै आएको छ । यो अभियानलाइ एक सय हप्ता सम्म निरन्तरता दिने पनि संघले जनाएको छ । त्यसैगरी संघले रजत महोत्सवकै साताव्यापी कार्यक्रममा विजौरीमा रहेको अनाथ वालवालिकाको आश्रममा शैक्षिक सामाग्रि लगायत खाद्धान्न समेत वितरण गरेको छ भने अन्चल अस्पतालमा रक्तदान र बृक्षारोपण अभियान समेत थालेका छ । रोपिएका विरुवालाइ पानी चाहार्नेदेखि गोडमेल र सुरक्षा सहित हुर्काउने जिम्मा समेत लिएको छ । त्यसैगरी क्लिन तुलसीपुर ग्रिन तुलसीपुर अभियानलाइ अनन्त सम्म लैजाने पनि संघले प्रण गरेको छ ।
संघका अध्यक्ष विरु रावतको अध्यक्षतामा भएको कार्यक्रममा धन्यवाद ज्ञापन प्रेस सल्लाहकार शरद रेग्मीले गरेका थिए भने सहजिकरण संघका महासचिव रुप वहादुर खत्रीले गरेका थिए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्