कोरोनाबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या १२६ पुग्यो



काठमाडौं / ०४ भदौ।
देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १२६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएसँगै मृतकको संख्या १२६ पुगेको हो ।

बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं, मकवानपुर र सप्तरीका १–१ तथा पर्साका ३ जना गरी ६ जनाको मृत्यु भएको जानकारी दिए ।

यसअघि बुधबार स्वास्थ तथा जनसंख्या मन्त्रालयले १२० जनाको ज्यान गएको तथ्यांक सार्वजनिक गरेको थियो ।

अहिलेसम्म कोरोनाबाट २९ हजार ६४५ जना संक्रमित भएका छन। हालसम्म उपचार गरेर १७ हजार ९६४ जना निको भएका छन् ।

बिहीबारमात्रै देशभर ७०७ जनामा कोरोना पुष्टि भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्