आज सुनको भाउ प्रतितोला १६ सय रुपैयाँले घट्यो



काठमाडौं / ०४ भदौ।
बिहीबार एकैदिन सुनको भाउ प्रतितोला १६ सय रुपैयाँ घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९८ हजार ८ सय रुपैयाँमा आएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य पनि तोलाको ९८ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ प्रतितोला १३ सय ६० रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुनको भाउ तोलाको १ लाख ४ रुपैयाँ पुगेको थियो ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९९ हजार ९ सय रुपैयाँ निर्धारण भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्