दाङमा ५ नं. प्रदेशको मुकाम तोक्न दवाव ¥याली 




शरद रेग्मी
तुलसीपुर, २ पुस । प्रदेश सभा, प्रतिनिधि सभा र समानाुपातिक तर्फको अन्तिम मतगणना परीणाम सार्वजनिक भैसकेको अवस्थामा वर्तमान सरकारले प्रदेश राजधानीको अस्थाइ मुकाम पनि नतोकेको अवस्थामा दाङको तुलसीपुरमा नागरीक दवाव कार्यक्रमको आयोजना गरिएको छ । प्रदेशको राजधानी दाङलाई तोक्न नागरीकहरुका आवाजहरु समेटिंदै स्वस्फुर्त रुपमा नागरीक दवाव ¥यालीको आयोजना भएको हो ।
संभवतः आयोजक विनै भएको यो पहिलो दवाव ¥याली हो । त्यसको समन्वय स्थानिय पत्रकारहरु तथा नागरीकहरुले गरेका थिए । स्वस्फुर्त रुपमा आयोजना भएको ¥यालीमा नागरीक समाजका संयोजक, उद्योगी व्यवसायीहरु, अधिकारकर्मिहरु, विभिन्न सामाजिक संघसंस्थाका पदाधिकारी तथा प्रतिनिधिहरु संगै सन्चारकर्मिहरुको समेत बाक्लो उपस्थिति रहेको थियो ।

दवाव ¥यालीले तुलसीपुरका मुख्य बजारहरुको परिक्रममा गर्दै दाङको राजधानीको संम्भावना खोसिन नहुने बताएका थिए । कार्यक्रममा बोल्दै अधिकारकर्मी शुषमा गिरीले दाङ राजधानी नभए लाख महिलाहरुलाइ सडकमा उतार्ने चेतावनी दिंदै पुर्वाधारका हिसावले दाङको राजधानी खोसिन नहुने बताइन् ।
त्यसै अवसरमा बोल्दै नागरीक समाजका संयोजक टिकाराम रेग्मीले राजनितिक स्वार्थलाइ त्यागे प्रादेशिक राजधानीकालागी दाङ संपुर्ण रुपले तयार रहेको बताए । कार्यक्रमको सहजीकरण पत्रकार संगित बस्यालले गरेका थिए । कोणसभा तुलसीपुरको विपि चौकमा संपन्न भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्