देउखुरी ४ भदाै । गढवा गाउँपालिकाका उपाध्यक्ष शान्ती चौधरी र प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगी बीच गाउँपालिकामा दमकल चालक र फायरमेनको बिषयमा खोलिएको सुचनाको आन्तरिक बिषयको बिवादलाई लिएर आफ्नाे जाेडिएकाे भन्दै गाउँपालिकाका प्रेस संयाेजक शिबराज पन्थीले खण्डन गरेका छन् ।
गत भाद्र २ र ३ गते देउखुरीटुडे युटुब च्यानल मार्फत प्रसारण भएको समाचारमा गढवा गाउँपालिकाको प्रेस संयोजक म शिबराज पन्थीको नाम जोडिएको बिषय प्रति मेराे गंभिर ध्यानाकर्षण भएको छ । उक्त च्यानलका पत्रकारहरु सन्ताेषकुमार गुप्ता र ओमप्रकाश गुप्तालाई मैले गाउँपालिकामा बोलाएको र सुचना दिएको भन्ने आरोपमा कुनै सत्यता नरहेकाे भन्दै प्रेस संयाेजक पन्थीले आपत्ति प्रकट गरेका छन् । उक्त च्यानलले मलाई सोधेर समाचार लेखेको पनि होइन बरु उपाध्यक्ष मार्फत सुचना पाएको र उहाँले नै गाउँपालिकामा प्रत्यक्ष आएर बुझ्नुस् भनेको च्यानलका अधिकाहरुको भनाई छ ।
बरु धेरै मिडियाहरुले मलाई यो समाचार आएपछि सोधेको र त्यस्तो कुनै ठूलो बिषय होइन भनेको हो । बिवाद हुनु र समाधान हुनु गढवाको सामान्य बिषय हो । अहिले यसरी मिडियामा ल्याउने र बक्तब्यबाजी गर्ने बिषय राम्रो होइन, सबैकुरा आन्तरिक समाधान हुन्छन भनेर रोकेको हो ।
मलाई सोधपुछ नगरेरै च्यानलको समाचारमा नाम जोडिएको प्रति कुनै सत्यता छैन । यसरी मेरो नाम अन्तबार्तामा जोडेर प्रसारण गरिएको र सहयोगी भनेर उल्लेख गरिएकोमा म यसै बिज्ञप्ती मार्फत खण्डन गरी स्पष्टोक्ति गर्न चाहान्छु । आजको सुचना प्रबिधिको युगमा सुचना जहाँसुकैबाट पनि लिक हुने गर्छ । उपाध्यक्ष स्वयंले उक्त च्यानललाई बोलाएको अबस्था हो । आन्तरिक रुपमा समाधान हुने सामान्य बिषयमा सुचना बाहिर लैजाने कार्यमा मेरो कुनै संलग्नता नभएको समेत स्पष्ट गर्न चाहान्छु प्रेस संयाेजकले बताएका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।