मेरो तिर कोरोना आएको छ आमा



यादव सैघाली,दाङ / ०५ भदौ।
आमा यो साल तिजमा आउन सकिन है म माइत, आउनलाई मेरो गाउँमा कर्फ्यु लागेको छ। आमा त्यो कर्फ्युले म जस्तो गाउलेलाई कोरोना नलागोस भनेर हो रे !, हिजो दिनभरी नगरको गाडीमा भोलि कोहिपनि घरबाट बाहिर नजानु होला तिजमा कोरोना लाग्छ भनेर फुगेका छ्न।

आमा तिमीलाई भेटेर तिम्रो हातको एक गाँस खाना खाने मन थियो आमा, यो तिजमा आउन सकिन आमा अर्को तिजमा कोरोना लागेन भने तिमीले पकाएको एक छाक खाना खाने रहर छ। आमा हाम्रो गाउमा त कोरोना लाग्छ भनेर गाउका सबैले अहिले तिजमा घर मै बस्ने र घरमा जे पाग्छ तेहि खाने कुरा छ।

आमा तपाईंको ज्वाँइले दही र केरा ल्याइदीनु भएको छ,आमा खाने कुरा घरमा सबै छ आमा, तरतिमीले पकाएको एक गाँस तिम्रो हातबाट खाने मन छ।

राम्रो सङ बस्नु आमा अर्को साल कोरोना आएन भने म आउछु अनि दही केरा सगै खाउँला। आमा यो कोरोनाबाट बच्नका लागि म आउन सकिन, मलाइ तिमीले मन भरीको आशिर्वाद दिए कोरोना केही होइन आमा, घर मै बस्नु गाउमा नया आएका मान्छेहरुलाई घरमा पस्न नदिनु आमा, कोरोनाबाट बचे अर्को तिजमा भेट हुनेछ आमा।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्