यौन धन्दामा संलग्न एक जोडी पक्राउ




सैघाली खबर

दाङ २ पुस । तुलसीपुरको एक होटेलबाट आपत्ति जनक अबस्थामा एक जोडी पक्राउ परेको छ । तुलसीपुरको १९ नं. बाहिनी नजिक रहेको रुकमेली होटेलवाट युवा युवतीलाई पक्राउ गरेको हो । होटेलमा लामो समय देखी यौन धन्दा चल्दै आएको भन्ने सुचनाका आधारमा छापा मार्दा उनीहरु आपत्ति जनक अबस्थामा भेटिएका थिए । यौन धन्दा सञ्चालन गरेको अभियोगमा प्रहरीले होटेल सञ्चालक प्रेम लम्साललाई पनि पक्राउ गरेको छ । उनीहरु बिरुद्ध सार्वजनिक अपराध अन्तरगत मुद्दा चलाउने ईप्रका तुलसीपुरका प्रमुख एवं डिएसपी प्रकाश सापकोटाले जानकारी दिए ।​

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्