विश्वमा कोरोनाबाट २ करोड ३१ लाख संक्रमित, ८ लाख बढीको मृत्यु



काठमाडौं / ०६ भदौ।
विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या आठ लाख नाघेको छ।

वर्ल्डओमिटरका अनुसार आज (शनिबार) विहानसम्ममा विश्वभर कोरोना संक्रमणबाट आठ लाख दुई हजार तीन सय ६२ जनाले ज्यान गुमाइसकेका छन् ।

पछिल्लो २४ घण्टामा मात्रै विश्वभर कोरोना संक्रमणबाट पाँच हजार आठ सय २४ जनाले ज्यान गुमाएका छन् ।

यस अवधिमा दुई लाख ४७ हजार ६ सय ८५ जना नयाँ संक्रमित थपिएका छन् ।

अहिलेसम्म विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ३० लाख ९७ हजार आठ सय ४८ पुगेको छ ।

अमेरिकामा मात्रै संक्रमितको संख्या अण्डै ५८ लाख पुगेको छ ।

पछिल्लो २४ घण्टामा विश्वमा सबैभन्दा धेरै संक्रमित भारतमा देखिएका छन् भने ज्यान गुमाउनेको संख्या अमेरिकामा धेरै छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्