लकडाउनको कारण दाङमा रगतको चरम अभाव, रगत दान गर्न जिल्ला रेडक्रसको आग्रह



दाङ / ०६ भदौ।
दाङमा रगतको चरम अभाब खड्कीदै गएको छ । लकडाउनको कारण रगत दान गर्नेको कमि भएपछि सबै समुहको रगत अभाब भएको जिल्ला रेडक्रस दाङले जनाएको छ।

अरु अरु बेला पनि रगत अभाव हुने गरेको र पछिल्नो समय लकडाउनले गर्दा कुनै पनि संस्थाले रगत डोनेसन नगरेको रेडक्रस दाङका प्राबिधिक इछ्या बुढा मगरले जानकारी दिए ।

मगरले भने- ‘अहिले हामीसँग अहिले कुनै पनि रगत छैन, बिरामी हरुलाई नै आफन्तहरु लिएर आउनुहोस भनेका छौ।’

बन्द पछी अन्तिम पटक साउन ३२ गते दाङ जिल्ला तेक्वान्दो संघले सस्थागत रक्तदान गरेको थियो।

तुल्सिपुर छ कि बसन्ता ढकालले आज दिन भरीचारै तिर फोन गर्दा पनि कतै पनि रगत नपाएको बताएकी छिन।

साथै रगत दान गर्न आवस्यक मापदण्ड पुगेका व्यक्तिहरुलाई जिल्ला रेडक्रस दाङले आग्रह गरेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्