काठमाडौं / ०७ भदौ।
विश्वभर २ करोड ३३ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
एकैदिन २ लाख ५२ हजार ४५३ जनामा संक्रमण पुष्टि भएपछि आइतबार बिहानसम्म कोरोना संक्रमितको संख्या २ करोड ३३ लाख ७७ हजार ८०६ पुगेको छ ।
यस्तै एकै दिन थप ५ हजार १३५ जनाको मृत्यु भएपछि कोरोना संक्रमणले विश्वभर ८ लाख ८ हजार ५८८ पुगेको छ ।
संक्रमितमध्ये १ करोड ५९ लाख ४ हजार २८८ जना संक्रमण मुक्त भएका छन् ।
कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ५ हजार ११२ जनाको मृत्यु भएको छ ।
यस्तै,उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ५८ हजार ७१० जनाको मृत्यु भएको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।