आज सुनचाँदीको मूल्य घट्यो, कति छ तोलाको ?



काठमाडौं / ०७ भदौ।
नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला ४०० ले घट्दै ९८ हजार ४०० मा कारोबार भइरहेको छ ।

यस्तै चाँदीको मूल्य पनि २५ रुपैयाँले घटेको छ । चाँदी आज १,३४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

गत हप्ता सुनमा घटबढ भइरहेको थियो । मंगलबार २२ सयले बढ्दै सुन प्रतितोला १ लाख ४ सयमा कारोबार भएको थियो ।

बुधबार मूल्यस्थिर रहेको थियो । विहिबार सुनको मूल्यमा १६ सयले गिरावट आएको थियो । शुक्रबार स्थिर रहेको सुनको भाउ यो साताको पहिलो दिन ४०० ले घटेको हो ।

गत साउन २३ गते नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । त्यस दिन १ लाख ३ हजार ५०० मा कारोबार भएको थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्