माओवादी केन्द्को बैठक आज बस्दै



 

सैघाली खबर,
काठमाडौँ, ३ पुस । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि मुलुकको राजनीतिक अवस्था, सरकार गठन, निर्वाचनमा प्राप्त मतपरिणाम लगायतका विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रले केन्द्रीय कार्यालयको बैठक बोलाएको छ ।बैठकमा नेकपा एमालेसँग गठबन्धन गरेर निर्वाचनमा सहभागी भएपछिको अवस्था, पार्टी एकता र पार्टीको समग्र अवस्थाको विषयमा छलफल गर्ने कार्यसूची रहेको पार्टीका प्रवक्ता पम्फा भुसालले जानकारी दिइन ।

यस्तै नयाँ जनादेश प्राप्त भइसकेपछि पनि सरकारले नयाँ सरकार गठन गर्न मार्ग प्रशस्त नगरिरहेको सन्दर्भमा कसरी अगाडि बढ्ने भन्ने विषयमा समेत बैठकमा छलफल हुने भएको हो। सरकार गठन, पार्टी एकता, प्रदेश सरकार तथा अन्य तत्कालीन राजनीतिक विषयमा समेत बैठक छलफल केन्द्रित हुने सो पार्टीले जनाएको छ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्