पञ्चमीसँगै तीज पनि सकियो



काठमाडौं / ०७ भदौ।
नेपाली हिन्दू महिलाहरूको प्रमुख चाड हरितालिका (तीज) ऋषिपञ्चमीसँगै सकिएको छ ।

महिलाहरूले आज (आइतबार) नदी र पवित्रस्थलमा गई स्नान गरी सप्तऋषिको पूजा र कथा श्रवण गरी यस वर्षको तीज समापन गरेका छन् ।

भक्तपुरको बोडेस्थित मनोहरा खोलामा सदा झै भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमीका अवसरमा स्नान गर्ने महिला देखिए पनि विगतमा जस्ता भीडभाड भने देखिएन ।

उनीहरूले बिहानै नजिकको नदी, खोला ताल र पोखरीमा गई ३ सय ६५ दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गरी सप्तऋषिको पूजा आराधना गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्