कैलालीको घोडाघोडी नं पा.६ बछुरिया स्थिति आदर्शनगरटोलमा जातिय गालिगलोज गर्दै सोहि गाउका गैरदलित समुहले दलित वस्तिमा आई हिजो मिति २०७७/०५/०६ गते शनिबार रातिको समयमा दलित युवा महिला दिदिबहिनीहरुमाथि पनि निर्घात कुटपिट थता संघातिक आक्रमण भएको छ ।
पिडित दलित युवाहरु विकास वि.क को टाउमा गम्भिर चोटलागेको र घोडाघोडि अस्पतालबाट नेपालगञ्ज अस्पतालमा रिफर गरिएको छ । अनि सुनिल वि.क को खुट्टामा, भिम बि.क,करण वि.क,अनिल वि.क र नबराज वि.क लगाएतका दति युवा माथि निर्मम आक्रमण भएको छ । उक्त घट्नामा मुख्य संग्लनता
मुख्य टाउकोमा प्रहार गर्नेः खेमराज बम
खुट्टामा हान्ने ललित भण्डारी, दल बहादर भण्डारी, देव बहादुर भण्डारी,नुृप भण्डारी र गोपी साउँद र डम्मर साउँद लगाएतको समुह रहेको छ । उक्त समुहले यि वि.क जाति दलित डुमहरुले के गर्न सक्छन भन्दै यिनिहरु बचे नत्र यिनिहरुलाई सिध्याउने सोच थियो भन्दै थर्काउने र धम्काउने गरेको पिडित नबराज वि.क ले बाताउनुभएको छ । र उक्त समुहले पटक–पटक सो दलित बस्तिमा आई तथानामका जातिय गालिगलोच गर्दै धम्काउने गरिको पनि उनले जानकारी दिएका छन ।
दोषिलाई प्रहरिले अहिले सम्म प्रक्राउ नगरेको पिडित दोषिले जानकारी दिएका छन् ।
स्रोतः पिडित नबराज बि.क

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।