अत्यधिक कपाल झर्छ ? पेटसम्बन्धी समस्या हुनसक्छ, खानुस् यी खानेकुरा



एजेन्सी / ०७ भदौ।
कपाल झर्दा जो कोहिलाई पनि चिन्ता लाग्न सक्छ । सुन्दरताका लागि स्वस्थ्य कपाल पनि कुन आवश्यक छ । यदि कपाल टुक्रिन वा झर्न थाल्यो भने स्वास्थ्य समस्या भएको हुनसक्छ ।

वास्तवमा स्वास्थ्य विशेषज्ञका अनुसार कपाल झर्ने समस्या खानेकुरा र जीवनशैलीसँग सम्बन्धित हुन्छ । यदि तपाईंको खाना स्वस्थ्य छ भने तपाईंको कपाल पनि स्वस्थ्य हुन्छ ।

पेटमा कुनै पनि समस्या छैन भने कपाल झर्ने समस्या पनि हुँदैन । हाम्रो शरीरको पूरासम्बन्ध पेटसँग हुन्छ । यदि शरीरको एक अंगमा समस्या छ भने त्यसको प्रत्यक्ष असर अर्को अंगमा पर्छ । त्यस्तै, पेटसम्बन्धी स्वास्थ्य समस्याका कारण शरीरका पूरै अंगलाई असर पर्छ ।

आन्द्रा र कपाल झर्ने समस्याको सम्बन्ध
हाम्रो पेटमा हजारौं प्रजातिका ब्याक्टेरिया हुन्छ । जसले पाचन प्रक्रियामा सहायता पुर्याउँछ । यसले हाम्रो रोग प्रतिरोधात्मक क्षमता र मस्तिष्कको स्वास्थ्यलाई पनि नियन्त्रित गर्छ । यद्यपि, राम्रो ब्याक्टेरियाले माइक्रोबियल एन्जाइमलाई बढाउने काम गर्छ जसले सुक्ष्म पोषक तत्व पैदा गर्छ । यीनै तत्वहरुलाई शरीरका पूरा अंगले प्रयोग गर्ने गर्छ । खानामा भिटामिन के, भिटामिन १२, भिटामिन ३, फोलिक एसिड र बायोटिनलाई कपालसम्म पुर्याउने काम गर्छ । यसले नै कपालको स्वास्थ्यमा असर पुर्याउँछ । त्यसैले शरीरमा राम्रो ब्याक्टेरिया नभएमा कपाल कमजोर हुन्छ र झर्न सुरु हुन्छ ।

कपालमा हर्मोनको असर
आन्द्राको माइक्रोबायोटाले शरीरको हर्मोन नियन्त्रित गर्छ । जसमा एस्ट्रोजन, थाइराइड हर्मोन र मेलाटोनिन समावेश हुन्छ । यसले आन्द्राको फ्लोरा हर्मोनलाई पनि नियन्त्रित गर्छ । जसले कपाल झर्न, बढाउन र नयाँ पलाउने जस्ता प्रक्रियालाई असर पुर्याउँछ । त्यसैले यदि कुनै हर्मोनमा परिवर्तन आएमा त्यसको प्रत्यक्ष असर कपालमा पर्छ ।

के खाने ?
कपाललाई स्वस्थ र राम्रो बनाउनका लागि भिटामिन र माइक्रोन्युट्रिएन्टसयुक्त खाना खानुपर्छ । जसको लागि फलफूल, बदाम, हरिया सागसब्जी, माछा, दुब्लो मासु र अण्डा जस्ता खानेकुराहरु खाने गर्नुपर्छ । यसले पेट र कपाललाई स्वस्थ राख्छ । यसका साथै उच्च फाइबरयुक्त खाना खानुपर्छ । साथै, अर्गानिक र प्राकृतिक खानेकुरा खानुपर्छ । प्रोबायोटिकयुक्त खानेकुराहरु पनि खाने गर्नुपर्छ । यसले कपाल मात्र होइन पेटसँग सम्बन्धित समस्याहरुको समाधान गर्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्