आयु छोट्याउने पाँच कारण,सबैले जानीराखौ



सैघाली खबर,मृत्यु स्वभाविक प्रक्रिया हो । यद्यपी हामी आफ्नो पुरा आयु बाँच्न पाइरहेका हुँदैनौ । विभिन्न किसिमको रोगको संक्रमण, शारीरिक समस्याले हामी निश्चित आयुभन्दा कम समयमै मृत्युवरण गर्न पुग्छौं ।

 

हुन त, जीवनभर निरोगी र तन्दुरुस्त हुन पाइयोस् भन्ने हाम्रो आकंक्षा हुन्छ । बुढ्यौली, रोगी एवं जीर्ण अवस्था झेल्न नपरोस् भन्ने लाग्छ । तर, दैनिक जीवनयापनका क्रममा हामी त्यस्ता थुप्रै गल्ती दोहोर्‍याउँछौ, जसले हामीलाई समयअघि नै रोगी, जीर्ण, बुढो बनाउँछ । फलतः हामी समयभन्दा अगाडि थलिन्छौ । मृत्युवरण गर्न पुग्छौ ।

कुरा सामान्य हुन्, तर त्यही सामान्य कुराले हामीलाई समयभन्दा छिटो बुढो बनाउँछ । रोगी बनाउँछ । के हुन् त ति गल्ती रु

अनियमित खानपान

खाना स्वाद र स्वास्थ्य दुबैका लागि खाने गरिन्छ । दुबैलाई सन्तुलन मिलाएर खान जानियो भने खानपानको सही अर्थ हुन्छ । यद्यपी खानपानको क्रममा हामी त्यस्ता गल्ती गर्छौं, जसले स्वास्थ्यमा असर गर्छ । जस्तो(

राती दही खानु

दही सेवन आफैमा फाइदाजनक मानिन्छ । यद्यपी राती दही सेवन गर्नु स्वास्थ्यका लागि अनुकुल मानिदैन । खागसरी राती हामी शारीरिक रुपले निस्त्रिmय हुन्छौ । यस्तो अवस्थामा दही सेवन गर्दा त्यो पाचन प्रणालीको लागि बोझिाले बन्छ । यहि कारण अनेकौ रोगले जन्म लिन्छ । त्यसैले राती वा सुत्नुअघि दहीको सेवन बर्जित गरिएको छ, आर्युवेदमा पनि ।

राती मासु खानु

धेरैजसो भान्समा राती मासु पाक्छ । हामीकहाँ दिनभरको कामबाट विश्राम लिन राती मासु, मदिरा सेवन गर्ने चलन पनि छ । पाहुना आउँदो होस् वा भोजभत्तेरमा राती मासु सेवन गरिन्छ ।

जबकी रातको समयमा मासु सेवन गर्नु भनेको शरीरलाई बोझ थोपर्नु हो । मासु त्यसैपनि शरीर मैत्री मानिदैन । त्यसमा राती मासु सेवन गर्दा त्यो रोगको कारण बन्छ । अर्कोतिर हामीले जुन किसिमले मासु खान्छौ, त्यो नै अस्वस्थ्यकर छ । मासु बध गर्ने, भण्डारण गर्ने, पकाउने सबै विधी अस्वस्थ्यकर छ । मासु भनेपछि धेरै तेल, मरमसला राखेर पकाइन्छ । यो पाचन यन्त्रका लागि घातक हो । अब राती मासु सेवन गर्नु भनेको शरीरमा रोगलाई निम्तो दिनु बराबर हो ।

बिहान अबेर उठ्नु

बिहान घाम उदाउनुअघि उठ्नु, मर्निङ वाक जानु, ब्रेकफास्ट खानु, नुहाइधुवाई गर्नु स्वास्थ्य जीवनको सूत्र हुन् । भनिन्छ, बिहान सूर्योदयअघि उठ्नु स्वास्थ्यका लागि अति फाइदाजक छ । यतिबेला बायुमण्डलमा चल्ने वायुलाई प्राणवायु भनिन्छ । फोक्सोले यो वायु ग्रहण गर्छ, जो शरीरका लागि फाइदाजनक हुन्छ ।

तर, हामीकहाँ खासगरी शहरी जीवनशैलीमा राती अबेरसम्म बस्ने र बिहान अबेरसम्म सुत्ने चलन छ । यो एकदमै अस्वस्थ्यकर बानी हो । बिहान सूर्योदय हुने बेलासम्म सुत्नु स्वास्थ्य जीवनशैली होइन ।

बिहान यौन सम्पर्क

पौराणिक ग्रन्थहरुमा लेखिएको छ कि, बिहान वा प्रातकालमा यौन सम्बन्ध राख्नु उचित होइन । यसको खास अर्थ छ । स्वास्थ्य जीवनशैली अपनाउने हो भने विहानको सुरुवात व्यायाम, प्राणायाम, योगा, सौचक्रिया, नास्ताबाट गर्नुपर्ने हुन्छ । जब त्यसमा यौन सम्पर्कलाई मिसाइन्छ, हाम्रो तालिका गडबड हुन्छ । यसले दिनभरको कार्य तालिका नै प्रभावित बनाइदिन्छ । बिहान यौन सम्पर्क राख्दा शरीरको प्रतिरोधात्मक क्षमता पनि घट्ने बताइन्छ । त्यसैले बिहान यौन सम्पर्क गर्नु हानिकारक हो ।

चिन्ताग्रस्त रहनु

मानविय स्वभाव हो, चिन्ता । संसारको कोहि व्यक्ति नहोलान्, जसलाई चिन्ता हुँदैन । चिन्ता अनेक कारणले हुन्छ । करियर, धन, परिवार, स्वास्थ्य, प्रतिस्पर्धा, आकक्षा, अभाव, समस्या, पीडा । यद्यपी यी कारणले आफुलाई चिन्ताग्रस्त बनाउनु हाम्रो कमजोरी हो ।

चिन्ता हुन्छ, तर त्यसलई व्यवस्थापन गर्नुपर्छ । किनभने चिन्ता कुनैपनि समस्याको समधान होइन । अर्थात हामीले जतिसुकै चिन्ता लिएपनि त्यो समस्या टर्ने होइन । त्यसैले चिन्ता लिनुको कुनै तुक छैन । चिन्ताले चितामा पुर्‍याउँछ भनिन्छ । सही हो, चिन्ताले शरीरलाई रोगी र जिर्ण बनाउँछ । उमंग, उत्साह, उर्जा हराइदिन्छ । त्यसैले चिन्तालाई व्यवस्थापन गरौं ।स्रोत अनलाइन खबर

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्