काठमाडौं / ०८ भदौ ।
सुनको भाउ आज पाँच सय रुपैयाँले घटेको छ ।
हिजो तोलाको ९८ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज तोलाको ९७ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
अमेरिकी डलरको मूल्यमा सुधार आएसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेको र नेपालमा पनि त्यसको प्रभाव परेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । हिजो प्रतितोला १३ सय ४५ रुपैयाँ रहेको चाँदीको मूल्य आज तोलामा २५ रुपैयाँ घटेर १३ सय २० रुपैयाँ तोकिएको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।