पर्यटन

दाङको खौराहा बाबा धार्मीक पर्यटकीय स्थल

By Thah Online

August 24, 2020

तिर्थराज ज्ञवाली,दाङ / ०८ भदौ । खौराहा बाबा धार्मीक पर्यटकीय स्थल दाङ जिल्लाको राप्ती गाउँपालिका वडा नं ५ को कालापानी गाउँ उत्तर तर्फ पर्दछ । यस स्थान परम्परागत रुपमा धार्मीक दृष्टीले महत्वपुर्ण मानिन्छ भने पछिल्लो समय मा पर्या पर्यटनका लागि मनमोहक तथा शान्त स्थलको रुपमा रहेको छ । महाभारत पहाडको फेदिमा पर्ने यो खौराहा बाबा धार्मीक पर्यटकीय स्थल सिसहनिया बजार देखी करिव १.५ किलोमिटर उत्तरमा पर्दछ ।

मनमोहक प्राकृतिक सम्पदा, भब्य शिव मन्दिर, आकर्षक तलाउ, स्नानार्थ कुण्ड, विभिन्न प्रजातीका चराचुरुङी तथा बन्य जन्तुको बासस्थान रहेको सो खौराहा बाबा धार्मीक पर्यटकीय स्थलमा आन्तरिक पर्यटकहरु शयर गर्न, मनमोहक दृष्यको आन्नद उठाउन, पीकनिक खान तथा स्वास्थय लाभको लागि कुण्ड स्नान गर्न नियमित आउने गर्दछन् ।

माघी स्नानको अवसरमा भब्य मेला लाग्ने यो स्थान को अवलोकन तथा कुण्ड स्नान गर्नाले छाला सम्वन्धि रोग हराउने मान्यता रहिआएको छ । कालापानी सामुदायिक वनको संरक्षण तथा खौराहा बाबा धार्मीक पर्यटकीय स्थल सञ्चालन समिति लगायत समुहहरुको संरक्षणमा रहेको धार्मीक पर्यटकीय स्थलको विकासको लागि स्थानीय नागरिक, साविक गाविस र हाल गाउँपालिका लागिपरेको छ ।

यस्तो रमणिय स्थानको तपाईहामी पनी अवलोकन गरि धार्मीक सहिशुणता र पर्यटकीय भावनाको विकास गर्न एकपटक जाने की ।