विश्वभर २ करोड ३५ लाख कोरोना संक्रमित, ८ लाख १२ हजार बढीको मृत्यु



काठमाडौं / ०८ भदौ ।
विश्वभर २ करोड ३५ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

गत २४ घन्टामा २ लाख ६ हजार ५०९ जनामा संक्रमण पुष्टि भएको छ ।

यो सँगै सोमबार बिहान यो समाचार तयार पार्दासम्म संक्रमित हुनेको संख्या २ करोड ३५ लाख ८१ हजार ६१३ पुगेको छ ।

यस्तै एकै दिन थप ४ हजार २३५ जनाको मृत्यु भएको छ।

यो संगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ८ लाख १२ हजार ४०७ पुगेको छ ।

संक्रमितमध्ये १ करोड ६० लाख ७८ हजार ७३५ जना संक्रमण मुक्त भएका छन् ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ५ हजार ३०४ जनाको मृत्यु भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्