जिवनसैली

लाकडाउनमा समयको सदुपयोग यसरि गरौ

By Thah Online

August 24, 2020

अहिले को समयमा हामी धेरैजसो घरभित्र नै छौँ । फुर्सदमा छौँ । हामी दिन कसरि कटाउने भन्दै बसछौ ? हामीमा सीप हुनुपर्छ नयाँ-नयाँ रचनात्मक काम घरैमा गरेर बस्न सकिन्छ। जुन लुगा पुरानो भइसकेको हुन्छ। प्राय तेस्ता लुगा हामीले लगाउनै छाडिसक्यौँ । तेसैले पुरानो लुगाकपडा बाट हामी केहि नयाँ बनाउन सक्छौ । जस्तो कि

पुराना लुगा सिलाउने

हामीसँग भएका धेरै लुगा सिलाएर लगाउन सकिन्छ । अहिलेको फुर्सदमा त्यस्तै लुगाफाटोहरु खोजौँ, जो प्रयोग गर्न छाडिएको छ। सिलाउन मिल्ने किसिमको लुगाहरु सिलाएर राखौँ । अरु दिनमा हामीलाई यी लुगा काम लाग्नेछन् ।

हामीमध्ये कतिपयको बानी के हुन्छ भने लुगाफाटो थोरै फाट्यो वा रंग उड्यो भने उक्त लुगा लगाउन छाड्छौँ। पुरानो लुगा जतन गर्नुभन्दा नयाँ लुगा खरिद गर्न सजिलो ठान्छौँ। तर, यसले हाम्रो पारिवारिक व्ययभार बढाइरहेको हुन्छ । एक हिसाबले यो फजुल खर्च हो ।

युट्युबबाट सिक्न सकिन्छ

लुगाफाटोलाई कसरी नयाँ रुप दिने भन्ने तौर तरिका पनि हामीले युट्युबमा हेरेर सिक्न सकिन्छ । इन्टरनेटको सुविधा भएको ठाउँमा धेरै कुरा सहज छ अहिले । कस्तो लुगालाई कस्तो डिजाइनमा बनाउन सकिन्छ भनेर जान्न सकिन्छ ।

युट्युबमा देखाए जस्तै दुरुस्तै हुनुपर्छ भन्ने छैन । त्यसबाट तौर तरिका सिकेर आफ्नै ढंगले नयाँ रुप दिन सकिन्छ । सियो-धागोकै भरमा पनि लुगालाई नयाँ-नयाँ रुपमा तयार गर्न सकिन्छ ।

नयाँ रुप दिने

त्यसो त पुरानो लुगालाई नयाँपन दिने अनेक तौर तरिका छन् । तपाईंसँग भएका ती लुगाफाटोलाई काटेर, छाटेर, मोडेर, टालटुल गरेर पनि नयाँ रुप दिन सक्नुहुन्छ । तर, यसका लागि मिहेनत भने गर्नुपर्छ । हेर्दा आकर्षक र सुहाउँदो देखिनुपर्छ ।

हातमा सिप भएका र फेसनमा रुचि भएकाहरुले त नयाँ लुगालाई पनि यसरी नयाँ रुप दिएर मात्र प्रयोग गर्छन् । बजारमा खरिद गर्नसाथ लगाउँदैनन्, त्यसलाई केही न केही मोड्ने वा जोड्ने काम गर्छन् । आफ्नो शरीर अनुसार फिट गर्छन् । यसरी तयार गरेको लुगा अरुकोभन्दा फरक देखिन्छ । आकर्षक र सुहाउँदो पनि ।