मनोरञ्जन

‘दिनरात नभनी काम गर्ने डाक्टर र नर्सलाई सम्मान गरौं’ वर्षा शिवाकोटी

By Thah Online

August 24, 2020

केही दिन अगाडि काठमाण्डौमै डाक्टरहरु बसेको होस्टेल घेर्न मानिसहरुको पुगेको खबर सार्वजनिक भएको थियो । उक्त घटनाको चौतर्फी विरोध भैरहेको समयमा वर्षाले भनेकी छिन्–‘यो सममा आफू र आफ्नालाई सुरक्षित राख्नुपर्ने त छदैछ साथै, स्वास्थ्य सेवा प्रदान गर्न खटिएका डाक्टर, नर्स, मेकिडल क्षेत्रमा सबै र यस्तै सेवा र हामीलाई सुरक्षित राख्न तत्पर सबैको कार्यको सही मुल्यांकन गर्न पनि उत्तीकै जरुरी छ । यस्तो जटिल परिस्थितीमा एक अर्काको लागि सहयोग, सदभाब राख्नु अत्यन्त आवश्यक छ ।’

नायिका वर्षा सिवाकोटीले कोरोना महामारीको समयमा अग्रपंक्तिमा रहेर काम गर्ने डाक्टर, नर्सहरुको सम्मान गर्न आग्रह गरेकी छिन् । उनले मानवताको नाताले पनि यस्तो अवस्थामा एक अर्कालाई साथ दिन र सहयोग गर्न अपिल गरेकी छिन् ।