कमिरेचौर,८ भदौ ।
दाङको बंगलाचुली गाउँपालिकाले समुदायस्तरमा शिक्षकहरु परिचालन गरेर वालवालिकालाई पढाउने भएको छ । बंगलाचुली गाउँपालिकाको ८ वटै वडाका सामुदियक विद्यालयका शिक्षकहरुलाई समुदायमा पुगेर पठनपाठन गराउन निर्देशन जारी गरेको छ ।
लामो समय सम्म लकडाउन भएको र विद्यार्थिहरु शिक्षा आर्जन गर्नबाट वन्चित हुनु परेको भन्दै मंगलबार देखि सबै वडाहरुका पायक पर्ने स्थानमा पुगेर शिक्षेकहरुले पढाउन सुरु गर्ने बताईएको छ ।
जसका लागि विद्यालयका प्रधानाध्यापकहरुले तयारी थालेका छन् । बंगलाचुली गाउँपालिकाभरीका समुदायिक विद्यालयका शिक्षकहरु गाउँ-गाउँमा पुगेर विद्यार्थिहरुलाई शिक्षा प्रदान गर्नुहुने बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीले बताउनु भयो ।
अध्यक्ष वलीले सुरक्षाका उपाय अपनाउँदै विद्यार्थिहरुलाई पाएक पर्ने स्थानमा शिक्षकहरुले वालवालिकाहरुलाई पढाउने बताउनु भयो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।