,पत्रकार महासंघको स्थापना दिवसमा ३७ जनाद्धारा रक्तदान



सैघाली खबर
दाङ,३ पुस ।
नेपाल पत्रकार महासंघ दाङ शाखाले आफनोे रजत महोत्सवका अवसरमा सोमवार घोराहीमा रक्तदान गरेको छ । महासंघ दाङ शाखाको आयोजना र रक्तसञ्चार केन्द्र घोराहीको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा पत्रकारहरु सहित ३७ रक्तदान गरेका थिए ।
यसरी रक्तादान गर्नेहरुमा डिल्ली मल्ल,लक्ष्मी आचार्य,शरद अधिकारी,सन्तोष अधिकारी,सुदर्शन रिजाल,कुलदिप न्यौपाने,नरेन्द्र केसी।,डा।लोकराज पराजुली,घनश्याम केसी,सन्तोष दहित,लोकराज साधक,प्रकाश चौधरी,टिका बस्नेत,शिव घर्ति,जनक नेपाली,मोहन ओली रहेका छन ।

त्यसैगरी अस्मीता सुनार,गोकर्ण पौडेल,नविन अभिलासी,रोशनी मल्ल,सन्ध्या रेग्मी,पार्वती बस्नेत,गिरिराज नेपाली,आरके शीतल,लिलाधर ओली,निर्मल महरा ‘एटम’,अस्मीता रावत,किरण गौतम,निशानदाजु भट्राई,हेमराज अधिकारी,मिनराज भाट,अमृतमान ओली,देव यादव,उदय बिसी, राहुल महरा,राहुल जिएम र सन्तोष सम्र्पण केसी लगायतले रक्तदान गरेका रक्तसञ्चार केन्द्र घोराहीका ठाकुर पौडेलले जानकारी दिए । नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सविन प्रियासनको प्रमुख अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्