ओली–दाहाल भेट स्थगित, भारतीय राजदूत लागे दिल्लीतिर



नेकपाका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबिचको द्वन्द्व अन्त्य भई निकास राजनीतिक निस्कन्छ भन्ने बजारीया हल्लाकाबिच फेरि उनीहरुबिचको दाउपेचले अर्कैरुप लिएको अनुमान गरिएको छ । यसैबिच आज बस्ने भनिएको ओली–दाहाल भेट अन्तिम समयमा आएर स्थगित भएको छ ।

केही दिन अघि बनाइएको कार्यदलले दिएको सुझाव अनुसार कार्यगर्ने प्रतिवद्धता आइरहेका बेला आज हुने भनिएको भेट स्थगित हुनुमा ठूलै राजनीतिक चलखेल रहेको छ । श्रोतका अनुसार नेपालका लागि भारतीय राजदूत क्वात्रा नेपालको भावी राजनीतिको तस्विर बोकेर नयाँ दिल्ली हानिएका छन् ।

यसैबिच अत्यन्त गोप्य भनिएको कार्यदलको प्रतिवेदन ओलीकै निर्देशनमा कान्तिपुर दैनिकमा चुहाइएको बताइन्छ । यसबाट कार्यदलले दिएको सुझाव र दाहालसित भएको सहमतिबाट ओली पछिहटेको स्रोतको दावी छ । यो घटनाक्रमले सत्तारुढ नेकपाभित्र बन्न लागेको सहमति र सम्हालिन लागेको राजनीति फेरि अनिश्चत दिशातिर जान लागेको संकेत देखिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्