सैघाली खबर,
तुलसीपुर ३ पुस ।
राप्ती बहिरा संघले तुलसीपुरमा प्रथम कृर्षी पर्यटन ब्यापार तथा औद्योगीम महोत्सब महोत्सब सञ्चालन गर्ने जनाएको छ । संघले सोमबार तुलसीपुरमा पत्रकार सम्मेलन गरी १२ दिने महोत्सब सञ्चालन गर्ने जनाएको हो । बहिरा अपाङगता भएका बालबालिकाहरुको शिक्षामा पहँच पु¥याउने उदेश्यले महोत्सब सञ्चालन गर्न लागिएको अध्यक्ष अजय कुमार शर्माले बताए ।
महोत्सबबाट संकलन भएको रकमले बहिरा अपाङगता भएका बिद्यार्थीहरुको छात्राबासको लागि भवन निर्माण गरिने उनले बताए । महोत्सब माघ ११ देखी २२ गते सम्म अरणीको मैदानमा सञ्चालन हुने छ ।
अध्यक्ष अजय कुमार शर्माको अध्यक्षतामा भएको कार्यक्रममा कार्यकारी निर्देशक प्रतिमा शर्माले स्वागत गरेकी थिईन्, भने कार्यक्रमको सहजीकरण देवा डाँगीले गरेकी थिईन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।