भारतमा कोरोना संक्रमितको संख्या ३१ लाख



नयाँ दिल्ली । भारतमा तीव्र गतिमा फैलिएको कोरोना संक्रमितको संख्या ३१ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा हालसम्म ३१ लाख ६ हजार ३४८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा ६१ हजार ४०८ संक्रमित थपिएका छन् । सोही अवधीमा ८३६ संक्रमितको मृत्यु भएको छ । संक्रमित र मृत्यु दुबै अघिल्लो २४ घण्टाको तुलनामा केही कम हो ।

भारत विश्वमा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ । भारतमा लकडाउन अन्त्य भएसँगै कोरोना संक्रमण तीव्र रुपमा बढिरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्