श्रीमतीका १४ प्रेमीसँग श्रीमानले मागे १०० करोड क्षतीपूर्ती



भारतीय मिडिया नवभारत टाइम्सका अनुसार कोलकोतामा बस्ने यी व्यक्तिलाई आफ्नी श्रीमतीको केही पुरुषसँग अवैध सम्बन्ध भएको शंका थियो । त्यसपछि उनले आफ्नी श्रीमतीको पिछा गर्न थाले र श्रीमतीको सम्पर्कमा रहेका व्यक्तिहरुबारे पत्ता लगाउन थाले । उनले १४ व्यक्तिको सूची तयार गरे र उनीहरुलाई सय करोड भारु क्षतीपूर्तीका लागि कानूनी नोटिस पठाए । नोटिसमा ती व्यक्तिले लेखे, ‘तपाईंहरु सबैले मेरी श्रीमतीसँग अवैध सम्बन्ध स्थापित गर्नुभयो । तपाईंलाई थाहा थियो कि उनी विवाहित हुन् र तपाईंहरुलाई मेरो बारे पनि थाहा थियो ।’

ड्राइभरलाई जासुस बनाएर जुटाए प्रमाणः

यी व्यवसायीले नोटिस पठाउनुका साथै सबै मिलेर सय करोड भारुको व्यवस्था मिलाउनु पर्ने पनि जानकारी दिए । उनले उक्त नोटिसमा आफूले आफ्ना ड्राइभरलाई जासुसीमा लगाएको र उनीहरु विरुद्ध पर्याप्त प्रमाणसमेत जुटाएको जानकारी दिएका छन् ।

सय करोड भारु नदिए कानूनी उपचार थाल्नेः

नोटिसमा उनले थपे, ‘तपाईंहरुकै कारण मेरो वैवाहिक जीवन बर्बाद भयो त्यसैकारण म तनावमा छु । तसर्थ म तपाईंहरु सबैलाई सय करोड क्षतिपूर्तीको नोटिस पठाइरहेको छु । यो पैसाको भुक्तानी अबको दुई हप्तामा हुनुपर्नेछ । यस्तो नभएको खण्डमा तपाईंहरु सबैजना विरुद्ध कानूनी कारवाही हुनेछ ।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्