अटोरिक्साको ठक्कर बाट मृत्यु



सैघाली खबर,
कञ्चनपुर, ३ पुस । अटोरिक्साको ठक्कर बाट पुर्नवास नगरपालिका ११ भीमबस्तीका २९ बर्षीय भीमसिंह ठकुरीको मृत्यु भएको छ । भे १ च ३१३६ नम्बरको अटोरिक्साले ठकुरीलाई आईतवार डोकेबजारबाट घरतर्फ साईकलमा आउदै गर्दा ठक्कर दिएको थियो ।

ठक्करबाट सक्त घाईते ठकुरीलाई तत्काल सेती अञ्चल अस्पतालमा उपचारार्थ भर्ना गरिए पनि उहाँको आज विहान उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेटीले बताउनुभयो ।
मृतको शव सेती अञ्चल अस्पतालमा राखिएको छ । अटोरिक्सा र चालकलाइ कैलाली जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्