अब कक्षा ११ मा जीवनोपयोगी शिक्षा र १२ मा सामाजिक अध्ययन अनिवार्य विषयका रूपमा पढाई हुने



काठमाडौं / ०९ भदौ ।
यो वर्षदेखि कक्षा ११ का विद्यार्थीले सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषय अध्ययन गर्नुपर्ने भएको छ ।

बालबालिकालाई समाजसँग परिचित गराउन र जीवन व्यवहार चलाउने कला सिकाउन नयाँ पाठ्यक्रममा उक्त विषय राखिएको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ ।

जीवनोपयोगी शिक्षा नयाँ विषय हो भने सामाजिकको अध्ययनको पठनपाठन अहिले पनि कक्षा १० सम्म हुने गरेको छ । केन्द्रका महानिर्देशक केशवप्रसाद दाहालले कक्षा ११ र १२ मा अनिवार्य रूपमा उक्त विषयको पठनपाठन हुने जानकारी दिए ।

केन्द्रले ८ कक्षासम्म बालबालिकालाई भने मानव मूल्य मान्यतामा समेटेर जीवनोपयोगी कुरा सिकाउने लक्ष्य लिएको छ । ‘कक्षा ९–१० मा जीवनोपयोगी शिक्षा अध्ययनका लागि पूर्वाधार तयार पार्छौं,’ महानिर्देशक दाहालले भने ।

विद्यालय शिक्षा कक्षा १–१२ को पाठ्यक्रम स्वीकृत भइसकेको छ । यो शैक्षिक सत्रमा कक्षा १ र ११ मा नयाँ पाठ्यक्रमका आधारमा पठनपाठन हुन लागेको हो । पाठ्यक्रम प्रारूपको मस्यौदामा कक्षा ११ मा अनिवार्य जीवनोपयोगी र १२ मा सामाजिक अध्ययन अनिवार्य विषयका रूपमा समावेश गरिएको थियो ।

दुवै कक्षामा उक्त विषय सय पूर्णांकको हुनेछ । कक्षा ११ र १२ मा नेपाली, अंग्रेजी र सामाजिक तथा जीवनोपयोगी विषय अनिवार्य र अन्य ३ विषय ऐच्छिक गरी ६ विषय पठनपाठन हुने व्यवस्था गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्