मुकाम स्थापनाका लागि आएको टोलीलाई विश्वविद्यालय पदाधिकारीहरुले नै बेवास्ता गरेको खुलासा



 

सैघाली खबर
दाङ  ३ पौष . पाँच नम्बर प्रदेशको अस्थायी मुकाम बेलझुण्डीमा स्थापनाका लागि आएको टोलीलाई विश्वविद्यालय पदाधिकारीहरुले नै बेवास्ता गरेको रहस्य खुलेको छ । भवन निरिश्रण गर्न आएको टोलीलाई कुनै सहयोग नगरी विश्वविद्यालयका पदाधिकारी लुक्ने गरेका कारण समस्या देखिएको विश्वविद्यालयमा कार्यरत कर्मचारीहरुले सोमबार विज्ञप्ति मार्फत जनाएका छन् । दाङ जिल्ला सहित समग्र विकासको खुड्किलोमा रहेको पाँच नम्बर प्रदेशको मुकामका लागि पदाधिकारीहरुको व्यवहारले विश्वविद्यालयको विकासमा नै पछि पर्ने काम भएको नेपाल संस्कृत विश्वविद्यालय प्रगतिशील प्राध्यापक तथा कर्मचारी संगठन एवम राष्ट्रिय प्राध्यापक एवम कर्मचारी संगठनका अध्यक्षहरुले विज्ञप्ति मार्फत आरोप लगाएका छन् ।

 

त्यसैगरी विश्वविद्यालयमा पदाधिकारीहरुले एकलौटीरुपमा हाल रहेका कर्मचारी प्राध्यापकहरुलाई व्यवस्थापन गर्न नसकिरहेको अवस्था थप कर्मचारी प्राध्यापक भर्ना गर्न खोज्नु लज्जाको विषय भएको बताइएको छ । त्यसैगरी पदाधिकारीहरुले नियुक्ति प्रक्रियामा समेत एकलौटीरुपमा अघि बढेको भन्दै सहमति सहकार्यअनुसार अघि बढ्न र मुकाम कार्यालय स्थापनाका लागि अहम भूमिका निर्वाह गर्न समेत विज्ञप्तिमा जनाइएको छ । प्रगतिशील प्राध्यापक संगठन जनता क्याम्पसका अध्यक्ष उत्तम घिमिरे , नेपाल राष्ट्रिय प्राध्यापक संगठन नेसंविविका अध्यक्ष जर्मन चौधरी,नेसंविवि कर्मचारी संघ तदर्थ समितिका अध्यक्ष विनयकुमार पोख्रेल महासचिव प्रेम खडका, प्रगतिशील कर्मचारी संगठनका महासचिव राधा पराजुली र नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष कमल पोख्रेलद्घारा जारी विज्ञप्तिमा जनाइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्