१० बर्षीय बालिका पाँच बर्षदेखि बन्धकमा



जनक नेपाली
दाङ,३ पुस । दाङकी एक बालिका पाँच बर्ष देखि भारत स्थित एक मालिकको बन्धकमा परेकी छिन । तुलसीपुर उपमहानरपालिका ७ निवासी ती बालिका साहुको ऋण तिर्न नसक्दा बन्धकमा परेको पारिवारीक श्रोतले जनाएको छ । बन्धक परेकी बालिकाको परिवार दश बर्ष देखि भारत स्थित रुरुको एक मालिकको घरमा काम गर्दै आएको थियो । घर परिवार चलाउन लिएको ऋण तिर्न नसक्दा पाँच बर्ष देखि मालिकले ती बालिकालाई बन्धक बनाएको उनका आफन्त कमल नेपालीले जानकारी दिनुभयो । बालिकालाई मालिकले बन्धक बनाएपछि छुटाउन नसक्दा न्याय माग्दै उक्त परिवार अहिले दाङ आई पुगेको छ ।

१० बर्षीय उक्त बालिकालाई घर मालिकले जोखिम युक्त काममा प्रयोग गर्दै आएको उनकी आमा सरिता नेपालीले वताउनुभयो । हामी गरिब थियौ ज्यादा मजदुरी गरेर गुजारा गदै आयौ दसा हामी माथी नै लागे सरिताले भन्नुभयो । त्यो विरानो मुलकमा हाम्रा लागि कोही आफन्त भैदिएनन् छोरीलाई बचाएर घर सम्म ल्याउन सकेनौ उहाँले थप्नुभयो । । छोरीलाई छुटाउन हार गुहार ग¥यौ तर हाम्रा कुरा कसैले सुनेनन् छोरी घरमा ल्याउने सपना केवल सपना मात्र बन्यो

गरिबी कारण अर्काको काम गरेर भएपनि साझ बिहानको हातमुख जोड्दै आयौ सबै परिवार त्यस्मै खुशी थियौ दैबले हाम्रो खुशी देख्न नसकेर होला छोरीलाई मालिकले े बन्धक बनाई दियो सरिताले भन्नुभयो । भारतमा रहदा चोक — चोकमा उभिएर छोरीलाई बचाईदिन सबै संग हात फैलायौ हाम्रा हातलाई कसैले सहयोग गरेनन् उहाँले भन्नुभयो । छोरी घर ल्याउनका लागि अहिले सम्म कसैले पहल नगरेको सरिताले गुनासो पोख्नुभयो । हामी कहाँ जाने के गर्ने यस बारेमा थाहै छैन कतै भगवान छन् भने हाम्रो छोरीलाई बचाईदिए हुन्थ्यो रुदै भन्नुभयो ।

गहभरी आशु झार्दै ठुला मान्छेलाई भनौ भने चिनेका छैनौ खोज्न जाउँ भने पैसा छैन छोरीले मालिकको घरमा दुःख काट्दै छे के गर्नुभयो । छोरी विरामी हुदा औषधी समेत नपाएको कुरा थाहा पाएका छौ के गर्नु । फोनमा समेत कुरा गर्न नदिएको भन्दै सरिताले छोरीले मालिकका घरमा नारकीय जीवन भोग्दै आएको वताउँनुभयो । यदी भगवान हुनुहुन्छ भने छोरीको उद्धार गरिदिनुस् । परिवार माथी परेको बज्रपातलाई कम गर्न छोरीलाई घर सम्म ल्याउने व्यवस्था मिलाईदिनुस् उहाँले भन्नुभयो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्