ओमप्रकाश गुप्ता, दाङ ९ भदाै । दाङमा आज थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको परिक्षणमा राप्ती गाउँपालिकाका एक महिला सहित ३ जनामा कोरोना पुष्टि भएको हो ।
जस अनुसार राप्ती गाउँपालिका वडा नम्बर १ का ३२ वर्षीया एक महिला र ३० वर्षका एक पुरुषमा कोरोना पुष्टि भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका अनुसार अर्का वडा नम्बर ४ का ३२ वर्षका एक पुरुषमा काेराेना संक्रमण पुष्टि भएकाे प्रतिष्ठानले जनाएकाे छ ।
मंगलबार प्रतिष्ठानमा ११५ वटा नमुना परिक्षण गर्दा ३ जनामा कोरोना देखिएको हो ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।