नेपालको यस्तो जिल्ला छ जुन जिल्लाको, ६ स्कुलमा विद्यार्थी शून्य छन .के हो त कारण। कुन जिल्ला हो त त्यो



सैघाली खबर,मनाङ– ।हिमाल पारिको जिल्ला मनाङको नेस्याङ गाउँपालिकाका छ वटा विद्यालय विद्यार्थीविहीन बनेका छन् । तिलिचो आधारभूत, टङ्की आधारभूत, भ्राका आधारभूत, ङावोल आधारभूत, ध्यारु आधारभूत, हुम्डे आधारभूत र पिसाङ आधारभूत विद्यालय विद्यार्थीविहीन बनेका छन् ।

स्थानीय बालबालिकालाई काठमाडौँ, पोखरालगायतका शहरमा लिएर जाने प्रचलन बढ्दो छ । अहिले गाउँघरमा काम गर्ने मजदुरका बालबालिका मात्र रहेन र उनीहरुबाट मात्रै विद्यालय धान्न मुस्किल नसकिने तिलिचो आधारभूतका प्रधानाध्यापक यमप्रसाद तिमल्सिनाले बताए ।

थोरै जनसंख्या हुनु र त्यसमाथि भएका मानिसले पनि आफ्ना बालबालिकालाई गाउँमै नराख्नाले यस्तो समस्या आएको जिल्ला शिक्षा अधिकारी टुकराज अधिकारीले जानकारी दिए ।
गत शैक्षिक सत्रसम्ममा २६ जना विद्यार्थी रहेको यस विद्यालयमा चालु शैक्षिक सत्रमा जम्मा चारजना विद्यार्थी छन् । भएका विद्यार्थी पनि स्थानीय नभएका र तिनीहरु पनि कामको खोजीमा आमा बाबु अन्यत्र जाने भएका कारण आगामी शैक्षिकसत्रमा विद्यार्थीको उपस्थिति शून्य हुने बताइन्छ ।

यस्तै, समस्यामा गुुज्रिएको टंकी आधारभूत विद्यालय पनि हो । यो विद्यालय त अहिल्यै विद्यार्थीविहीन भएको छ । छजनाको दरबन्दी रहेको यो विद्यालयमा विद्यार्थीको उपस्थिति शून्य छ । यस्तो समस्या किन भयो भन्ने प्रश्नमा स्थानीय बासिन्दाका बच्चा गाउँमा नराख्ने र सबै गोर्खाली, धादिङ्गे कामदारका बच्चा विद्यालय भर्ना हुन आउने तर अभिभावकसँग उनीहरु कामको सिलसिलामा ठाउँठाउँमा बसाइँ सर्ने भएका कारण यस्तो समस्या आएको टंकी आधारभूतका प्रअ लोकबहादुर सुवेदीले बताए ।

थोरै जनसंख्या हुनु र त्यसमाथि भएका मानिसले पनि आफ्ना बालबालिकालाई गाउँमै नराख्नाले यस्तो समस्या आएको जिल्ला शिक्षा अधिकारी टुकराज अधिकारीले जानकारी दिए ।

स्रोत नागरीक न्युज

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्